फाइल तस्वीर

लण्डन– बेलायतमा देशको आगामी नेतृत्वको लागि नयाँ कञ्जरभेटिभ नेता छानिने भएको छ । यसरी छानिएका नेता नै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन् । भावि प्रधानमन्त्रीका लागि नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो ।

बेलायतको भावि प्रधानमन्त्रीको लागि कञ्जरभेटिभ नेता बन्ने दौडमा दुई जना प्रमुख पात्र देखिएका छन् । जसमा विदेशमन्त्री लिज ट्रस र पूर्वअर्थमन्त्री ऋषि सुनक रहेकाछन् । यु गभले अगस्टको अन्त्यमा गरेको सर्वेक्षणमा ५२ प्रतिशत विदेशमन्त्री ट्रसको पक्षमा रहेको देखाएको थियो । तर, ४३ प्रतिशतले उनलाई विश्वास नगर्ने बताएका छन् । भावी कन्जरभेटिभ नेतामा विदेशमन्त्री लिन ट्रस नै अग्रस्थानमा रहेको विभिन्न सर्वेक्षणले देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले देखाएका छन् ।

सर्वेक्षणअनुसार नै यदि विदेशमन्त्री लिन ट्रस निर्वाचित भइन भने उनी मारगेट थ्याचर र थेरेसा मेपछि बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुने सौभाग्य मिल्नेछ । मतदान गर्न योग्य अनुमानित २ लाख टोरी सदस्यहरूबाट हुने नेतृत्व चयनका लागि ४७ वर्षीय विदेशमन्त्री ट्रस आफ्ना प्रतिष्प्रर्धी ४२ वर्षीय सुनकभन्दा लगातार अगाडि छिन् । आर्थिक अनियमितता र काण्डपछि बोरिस जोनसनले राजीनामाको घोषणा गरेसँगै नेतृत्वको प्रतिष्प्रर्धा जुलाईबाट सुरु भएको थियो । देशको नयाँ नेतृत्वका लागि विदेशमन्त्री ट्रस र पूर्वअर्थमन्त्री सुनकमध्ये कस्को भाग्य चम्किने हो, त्यो छ छिट्टै फैसला हुनेछ ।