फाइल तस्वीर

काठमाडौं— काठमाडौं महानगरपालिकाले सातदिनको समय तोकेर सात वटा क्यासिनोहरुलाई तत्काल कर बुझाउन पत्रलेखी निर्देशन दिएको छ । सात वटा क्यासिनोले महानगरपालिकालाई आर्थिक वर्ष २०७५/७६ देखि नै मनोरञ्जन कर नबुझाएको भन्दै सातदिन भित्र कर बुझाउन ती क्यासिनोहरुलाई पत्रमार्फत् जानकारी गराएको हो ।

काठमाडौं महानगरपालिकाले कर तिर्न पत्र पठाएका सातवटा क्यासिनोहरुमा हायात होटलको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, सोल्टी होटलको मोजाङ्ग इन्टरटेन्मेन्ट, म्यारिएटको डेल्टीन क्यासिनो होटल, अन्नपूर्णको क्यासिनो प्यालेस, मल्ल होटलको बेली क्यासिनो, ¥याडिसन होटलको क्यासिनो ¥याडी र एलफ्ट होटलको बाल्को क्यासिनो रहेका छन् ।

ती क्यासिनोहरुले पटक–पटक ताकेता गरे पनि मनोरञ्जन कर नबुझाएको काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख डा. शिवराज अधिकारीले हस्ताक्षर गर्नुभएको पत्रमा उल्लेख छ ।

बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था रहेको छ । महानगरपालिकाले तोकिएको अवधिमा कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बक्यौता कर असुल गरिने उक्त पत्रमा उल्लेख गरिएको छ ।