साङ्केतिक तस्वीर ।

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ पीसीआर तथा १ हजार ६९४ एन्टिजेन परीक्षण भएकोमा एक सय ४२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल ३ हजार ४ सय ५० जनाको देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुमा गरिएको स्वास्थ्य परीक्षणबाट उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार ७ पुगेको छ ।

आइतबार २३० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर २ हजार ५२८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।