काठमाडौं– ‘ए पिक्चर’ नामक सिनेमाको ट्रेलर सार्वजनिक भएको छ । भदौ ३१ गतेबाट सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको उक्त सिनेमाको ट्रेलरमा फिल्मका गीत तथा महत्वपुर्ण दृश्यका पाटहरु समेटिएका छन् । सुश्मिता गुरुङ र मोहनमाया गुरुङ कार्यकारी निर्माता रहेको उक्त सिनेमाको लेखन तथा निर्देशन भने विवेक गुरुङले गर्नुभएको छ । नविन गुरुङ, ओम गुरुङ, उर्मिला गुरुङ, अन्जु गुरुङलगायतको अभिनय रहेको उक्त सिनेमाको छायाङ्कन निकोल गुरुङले गर्नुभएको छ ।

कास्कीको विभिन्न रमणीय स्थानहरु समावेश गरी छायाङ्कन गरिएको ‘ए पिक्चर’ सिनेमाको गीतमा अस्मिता अधिकारी, मबिन्द्र राई, प्रताप दास र ममता गुरुङको स्वर सुन्न पाइनेछ । ‘ए पिक्चर’ सिनेमा प्रेमकथामा आधारित रहेको निर्देशक विवेक गुरुङले बताउनुभएको ।