फाइल तस्वीर ।

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मल्यमा केही वृद्धि भएको छ । गत आठ दिनदेखि निरन्तर ओह्रालो लागेको सुनको मूल्य आज उकालो लागेको हो ।

नेपाल सुन चाँदी व्यवासायी महासङघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य प्रतितोला १ हजार १ सय १० रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।

साताको अन्तिमदिन शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार रुपैयाँ तेजावी सनु प्रतितोला मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य १ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

त भदौ ९ गतेदेखि लगातार सुनको मूल्य घट्दै आएको थियो । सुन चाँदीको मूल्य उतार चढाव हुनुमा अन्तर्राष्ट्रिय बजारकै कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।