फाइल तस्वीर

नैरोवी– पाहुना टोली नेपाल र घरेलु टोली केन्याबीच आज शनिबार भएको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले बाजि मारेको छ । नेपाल र केन्याबीच केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलले नेपालले जित हात पारेको हो ।

केन्यामा रहेको नेपाल टिमले पहिलो खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाइसकेको छ । आजको खेल जित्दै नेपालले केन्यालाई १७ रनले हराएर जित हात पारेको हो । नेपाल र केन्याबीच अर्को खेल पर्सी सोमबार हुनेछ ।