फाइल तस्वीर

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा आज शनिबार दुई सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुमा कुल ३ हजार ५ सय ३७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

यसैगरी आज शनिबार कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणकै कारण हालसम्म १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् । हिजो शुक्रबार पनि सोही कारण तीन जनाको ज्यान गएको थियो । पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणकै कारण दैनिकजसो सङ्क्रमितको मृत्यु हुनेगरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार आज शनिबार तीन सय ३९ जना व्यक्तिहरु कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । मुलुकभर गरी कोरोना भाइरसबाट सक्रिय सङ्क्रमित हुनेको हुनेको सङ्ख्या २ हजार ६४२ रहेको छ ।