फाइल तस्वीर

तनहुँ – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचन पछि आफु प्रधानमन्त्री बन्ने इच्छा प्रकट गर्नुभएको छ । गृह जिल्ला तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्नेक्रममा वरिष्ठ नेता पौडेलले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।

गृह जिल्ला पुग्नु भएको वरिष्ठ नेता पौडेलले देशमा सामाजिक न्याय स्थापना गर्न, जनतालाई सुरक्षा र सुशासनको प्रत्याभूत गराउन देशले आफ्नो भूमिका देशले खोजेको बताउनु भयो । नेता पौडेलले आफु ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ’ भन्नुभयो ।

नेता पौडेलले देश र जनताका लागि आफु सक्रिय राजनीतिमै क्रियाशिल भैरहेको भन्दै देशको उन्नती र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी आफुसँग भएको दावी समेत गर्नुभयो । पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ ।’

वरिष्ठ नेता पौडेलले ‘सुशासन भए मात्रै देशले समृद्धि हासिल गर्न सक्ने भन्दै सुशासन दिन कार्यकारी पदमा पुग्नेसँग नैतिक बल आवश्यक हुने’ बताउनु भयो । नेता पौडेलले आफुसँग नैतिक दृष्टिकोण र नैतिक बल भएकाले आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्न चाहेको बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले युवा र पाका नेताहरु मिलेर देश विकास गर्नुपर्ने आवश्यकता छ भन्दै युवाले राजनीतिमा आउनै हुन्न भन्ने होइन र पाकाले राजनीति गर्न हुँदैन भन्नु अतिसयुक्ति हुने बताउनु भयो ।