फाइल तस्वीर


नैरोवि – नेपालले केन्याविरुद्ध आज खेलेको खेलमा सुखत नतिजा हात पारेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज शुक्रबार भएको खेलमा नेपालले केन्यालाई पराजित गरेको हो ।


आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यसतै अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । ९७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । नेपालका लागि ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन र रोहित कुमार पौडेलले ३ रन जोडे । केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एक÷एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २१८ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय पारी खेले । पटेलले ६७ रन बनाउँदा ओबुयाले ६२ रनको योगदान गरे । त्यस्तै ईफ्रान करिमले ३१ बनाए ।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान तीन÷तीन विकेट लिए । त्यस्तै आदिल आलम र पवन सर्राफले समान एक÷एक विकेट लिए । जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । आजको जितसँगै नेपालले ४–२ अगाडि छ । नेपालले भोलि शनिबार पनि केन्यासँगै दोस्रो खेल खेल्नेछ ।