साङ्केतिक तस्वीर ।


उदयपुर – उदयपुर जिल्लाको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्सरुपमा सामुहिक हत्या भएको छ । उक्त नगरपालिकाको वडा नं.७ का राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको हो ।

उदयपुर जिल्ला प्रहरी कार्यालयले बताए अनुसार हत्यामा संलग्न भएको आशङ्कामा एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रकै व्यक्ति भएको बताइएको छ । छ ।

यसैगरी बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । मेयर कार्कीले ‘बिहान ११ बजेको घटना रहेछ, टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको छ, प्रहरीले शव सङ्कलन गरेर एकठाउँमा राखेको छ ।’

सबैलाई खुकुरी हानिएको हुनसक्ने प्रहरीको भनाइ छ । हत्या किन र के कारण भएको भन्ने बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।