साङ्केतिक तस्वीर

भरतपुर– चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ स्थि जुगेडीमा माइक्रोबस दुर्घटना भएको छ । बिहान भएको उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।


नारायणगढबाट काठमाडौंको लागि हिंडेकोे बा ३ ख ४६५४ नम्बरको माइक्रोबस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएका जुगेडीे स्थित प्रहरी चौकीले जनाएको छ ।


घाइते भएका माइक्रो चालक सहित सबै यात्रुहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ प्रहरीले जनाएको छ ।