फाइल तस्वीर

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चितवन क्षेत्र नम्बर–३ बाट नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । शुक्रबार सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफु चितवनको क्षेत्र नम्बर –३ बाटै उम्मेदवारी दिने बताउनु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यसअघि पनि सोही स्थानबाटै निर्वाचित हुनुभएको थियो । कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सिलसिलामा कर्णाली प्रदेश पुग्नेक्रममा चितवनबाटै निर्वाचन लड्ने अभिव्यक्ति दिनुभएको हो ।

पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो ‘ मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर–३ । म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु ।’