साङ्केतिक तस्वीर

रोल्पा– रोल्पाको घट्टेखोलामा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–२ घट्टेखोलास्थित सडकमा रा १ ह ३०२२ नम्वरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा सोही नगरपालिका–२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका १५ महिने नाबालक अनमोलको रोल्पास्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो दुर्घटनामा परी अन्य चार जनासमेत घाइते जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घाइतेमध्ये ३ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।