फाइल तस्वीर


मस्को– मङ्लबार ९१ वर्षको उमेरमा निधन भएका तात्कालिन सोभियत सङ्घका अन्तिम राष्ट्रपति मिखायल गोर्भाचोभको शनिबार भोलि हुने अन्त्येष्टीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् ।

रुसी राष्ट्रपति पुटिनको कार्यतालिकाले उनलाई शनिबारको गोर्बाचोभ अन्त्येष्टी कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । यस कुरालाई क्रेमलिनले पुष्टि गरेको छ ।

सन् १९८५ देखि १९९१ सम्म तात्कालिन सोभियत सङ्घको कम्युनिस्ट पार्टीको महासचिव बनेका गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएका थियो । मङ्गलबार मृत्युको सामना गरेका पूर्वराष्ट्रप्रमुख गोर्बाचोभलाई पुटिनले मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली दिएका थिए । गोर्बाचोभका सुधारका कार्यले शीतयुद्धको अन्त्य गरे पनि सोभियत युनियन विघटन गरेको थियो, जसका कारण पुटिन क्रुद्ध छन् ।

सोभियत सङ्घको विघटनलाई सन् २००५ मा रुसी राष्ट्रपति पुटिनले २० औँ शताब्दीको सबैभन्दा ठूलो भू–राजनीतिक प्रकोप भनि टिप्पणी गरेका थिए । सोभियत सङ्घलाई विघटन गराउन महत्वपूर्ण भूमिका खेलेका गोर्भाचोभलाई रुसी जनताले धिक्कार्दा अमेरिकी र पश्चिमा देशहरुको भने वाहवाही बनेका थिए । मिखायल गोर्भाचोभ स्वदेशभित्र भने खलनायक साबित भएका थिए । सोभियत सङ्घको विघटनपछि अधिकांश रुसी जनताले उनलाई घृणा गर्थे । गोर्भाचोभको मृत्युलाई रुसी जनताले खासै महत्व दिएका छैनन् ।

सन् १९९१ डिसेम्बर २५ तारिखका दिन गोर्भाचोभले राष्ट्रपतिबाट राजीनामा दिएपछि शासनकालको अन्त्यसँगै सोभियत सङ्घ पनि १३ टुक्रामा विभाजन भएको थियो ।