साङ्केतिक तस्वीर

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर १ हजार ७३२ पीसीआर तथा १ हजार ८२५ एन्टिजेन परीक्षण भएको गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट उपचारको क्रममै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा हालसम्म ज्यान गुमाउनेको सङख्या १२ हजार २ पुगेको छ ।

बिहीबार दुई सय १५ जना कोरोना भाइरसरको सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालभर कुल ३ हजार १ सय ५८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।