फाइल तस्वीर


काठमाडौं – नेपाल बजारमा पहेंलो धातु सुनको मूल्य लगातार गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङघका अनुसार गत आठ दिनदेखि सुनको मूल्यमा गिरावट भैरहेको छ ।

भदौ ९ गतेबाट घट्न थालेको मूल्य साताको पाँचौं दिनसम्म आइपुग्दा आज बिहीबार छापावाल सुनको मूल्य प्रतितोला मूल्य ९३ हजार एक सय रुपैयामा कारोबार भएको छ । हिजोभन्दा आज सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको छ । यसैगरी तेजावी सुनको प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो बुधबार छापावल सुनको प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोलाको मूल्य ९३ हजार पाँच सय रुपैयाँ थियो । बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ३० रुपैयाँमा कारोबार भएकोमा आज बिहीबार प्रतितोला मूल्य ११ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।