ट्रफी अवलोकन गर्नुहुँदै प्रधानमन्त्री देउवा, तस्वीर सौजन्य, प्रधानमन्त्रीको निजी सचिवालय ।

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले उक्त ट्रफी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अवलोकन गर्नुभएको हो ।

टी–ट्वान्टी विश्वकप क्रिकेटको उक्त ट्रफी सोमबारमात्रै नेपाल आइपुगेको थियो । उक्त ट्रफी नेपालमा ल्याइएको यो दोस्रो पटक हो । यसअघि सन् २०१८ मा पनि एक दिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । टी–ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको हो । विश्वकपको एक सय दिने टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको । यस ट्रफीलाई विश्वका विभिन्न १३ मुलुकमा गरी ३५ स्थानमा प्रदर्शन गरिने भएको छ ।

नेपालमा पहिलो पटक ल्याइएको यो ट्रफीलाई प्रधानमन्त्री देउवाले अवलोकन गर्नुअघि भक्तपुरको दरबार स्क्वायरमा प्रदर्शनका लागि राखिएकोे थियो ।