काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय २० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ सय २४ जना तथा एन्टीजेन विधिबाट ४७ जनामा गरी २ सय ७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने सोही अवधिमा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ९४ जना पुगेको मन्त्रालयले जनाएको छ ।