काठमाडौं – साताको चौथो दिन आज सेयरबजार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २१ दशमलव ९७ अङ्कले घटेर १९७३ दशमलव ३८ अङ्कमा झरेको छ । सेन्सिटिभ सूचक पनि आज ४ दशमलव ३६ अङ्कले घटेको छ ।

आज बुधबार २२४ कम्पनीको २९ लाख कित्ता सेयर बिक्री भएको छ । यो भनेको १ अर्ब १२ करोड ६२ लाखको सेयर कारोबार हो । आज सबै उपसूचक राताम्य छन्। बुधबार १५ वटा कम्पनीको मात्र सेयर बढेको छ भने १६८ कम्पनीको सेयर घटेको छ र चारवटाको उही मूल्यमा कारोबार भएको छ। आज लगानीकर्ताले २ प्रतिशत पनि कमाएनन् ।

गुमाउनेले ६ दशमलव ८६ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ । आज नेपाल टेलिकमको सर्वाधिक १० करोडको सेयर किनबेच भएको छ ।