फाइल तस्वीर


विराटनगर – एक नम्बर प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन १७ गते शुक्रबारदेखि सुरु हुने भएको छ । प्रदेशसभाको दशौं बैठक चालु आर्थिक वर्षको बजेट अधिवेशन हो ।

बजेट अधिवेशन प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण तीन साता अघि स्थगित भएको थियो । एक नम्बर प्रदेशको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक भदौ १७ गते शुक्रबार दिउँसो १ बजेका लागि तय भएको जानकारी दिनु भएको छ ।

लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ । प्रदेशको नामाकरणमा लामो विवाद हुँदै आएको छ । प्रदेशसभाको पहिलो कार्यकाल सकिने सङ्घारमा पुग्दा समेत एक नम्बर प्रदेशको नामाकरण हुन सकेको छैन ।