काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महसङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।

योसँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महसङ्घले जनाएको छ ।