साङ्केतिक तस्वीर


सुर्खेत – वीरेन्द्रनगर नगरपालिकामा तीजको कार्यक्रम हेर्न गएका एक युवकको हत्या भएको छ । नगरपालिकाको वडा नम्बर १० मा हिजो मङ्गलबार साँझ तीज कार्यक्रमको नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या गरिएका जिसी सोही वडाको पठानटोलका बासिन्दा रहेको प्रहरीले बताएको छ । तीजको कार्यक्रम हेर्ने क्रमामा युवाहरूबीच झडप भएको थियो । उक्त झडपमा परी गम्भीर घाइतेभएका जिसीलाई उपचारको लागि अस्पताल लगिएको र अस्पताल पुर्याउँदा निज जिसीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी गराउनु भएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको छ भने जिसीलाई अस्पताल पु¥याउने व्यक्तिहरुसँग घटनाको सम्बन्धमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।