काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार शेयरबजार मापक परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक २ दशमलव ३३ अङ्कले बढेर १९९५ दशमलव ३४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४९ अङ्कले वृद्धि भएको छ भने फ्लोट इन्डेक्स ० दशमलव ७ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ०३ अङ्कले घटेको छ ।

आज कारोबारमा आएका २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँमा कारोबार भएको छ । नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने सोमबारको भन्दा गिरावट आएको छ । सोमबार १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको थियो भने आइतबार १ अर्ब १ करोड ९५ लाख रुपैयाँबराबरको मात्र कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये छवटा उपसमूहका सूचक नकारात्मक देखिएका छन् भने सात उपसमूहका परिसूचक सकारात्मक रहेका छन् । जसमा विकास बैंक ६ दशमलव २३, उत्पादन तथा प्रशोधन ११ दशमलव ३७, अन्य समूहको ३३ दशमलव ८२, माइक्रोफाइनान्स समूहको उपसूचक ३ दशमलव ६३ अंकले बढेका छन् । तर, बैंकिङ समूह ० दशमलव ७६, जलविद्युत् समूह १८ दशमलव ०९, वित्त कम्पनी १४ दशमलव ९५, निर्जीवन बीमा ६ दशमलव ३७, जीवन बीमा समूहको उपसूचक २ दशमलव ३६ अङ्कले घटेको छ ।

आज मङ्गलबार हिमालय एभरेस्ट इन्स्योरेन्सको शेयर कारोबार सकारात्म सर्किट लेभलमा कारोबार भएको छ । अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ८ दशमलव ४५ प्रतिशतले बढेको छ । तर, यता विन नेपाल लघुवित्तको शेयरमूल्य ४ दशमलव ७७ प्रतिशतले घटेको छ । आज सर्वाधिक शेयर कारोबार नेपाल टेलिकमको ९५ करोड ७७ लाख २५ हजार रुपैयाँबराबरको भएको छ ।