काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ४ सय ५८ पिसिआर परीक्षणका क्रममा १ सय ४३ जना र २ हजार ४ सय ६३ एन्टीजेन परीक्षणका क्रममा १ सय १४ जनामा गरी २ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आज मङ्गलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ३२ जना सङ्क्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ हजार १ सय ४६ सक्रिय सङ्क्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।