फाइल तस्वीर ।


नैरोबी – नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्याली टिमबीच आज मङ्गलबार प्रतिस्पर्धा हुने भएको छ । नेपाली टिमले आज घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोली केन्याविरुद्ध नेपाली राष्ट्रिय टिम मैदानमा उत्रन लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

आजको यो खेल पाँच खेलको सिरिज अन्तर्गतको सिरिजको निर्णायक खेल पनि हो । किनकी ४ खेल सकिँदा सिरिज २–२ को बराबरीको अवस्थामा रहेको छ । आजको खेलमा नेपाल र केन्या मध्ये कुनै एक टिमले सुखद् नतिजा हात पार्दा सिरिज जित्नेछ ।

यसअघि सोमबार भएको चौंथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्या हराएको थियो । त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

दुवै टिम समान २–२ को बराबरीमा रहेकाले दुवै टिम सिरिज आफ्नो पोल्टामा पार्ने महात्वाकांक्षाका साथ मैदानमा उत्रने छन् । केन्याले नेपालभन्दा केही बलियो र उसको व्याटिङ पनि सबल रहेको छ । उसलाई घरेलु दर्शकहरुको समेत समर्थन रहने छ । यद्यपि, नेपालले आफ्नो व्याटिङलाई सुधार गर्न सके नेपाली टिमले जित हात पार्न सक्ने बलियो सम्भावना पनि छ ।