सुर्खेत – कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै हुनुहुन्छ । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने हुनुभएको हो ।

शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री बनिसकेका हुनेछन् । माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिनुभएको थियो ।