काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८ सय ३३ वटा नमुना परीक्षण गर्दा २ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १२ हजार पुगेको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ४ सय ६२ जना कोरोना भाइरसको सङ्क्रमणाट मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३ हजार ३ सय १३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।