काठमाडौं – सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३३ दशमलव ३६ अङ्कले घटेर १९८९ दशमलव २६ विन्दुमा झरेको छ ।
आज २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३ ७ हजार १०३ रुपैयाँमा खरिदबिक्री भएको छ । आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन । कारोबारमा आएका १३ वटा समूहमध्ये १२ को सूचक घटेको छ भने १ को मात्र बढेको हो ।

बजार परिसूचक १ दशमलव ६५ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ०५ घटेर ३८५ दशमलव ७० मा झरेको छ । यस्तै ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर ४३ हजार ९ सय ७७ पटकमा खरिद बिक्री भएको छ । उप–समूहतर्फ म्यचुअल फण्ड बाहेक बाँकी समूहको सेयर मूल्य घटेको छ ।

घट्दो बजारमा आज कारोबार भएका जम्मा ५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८२ कम्पनीको सेयर मूल्य घटेको छ । राँधी विद्युत कम्पनी, एनएमबि हाइब्रिड फण्ड, एनआइबिएल प्रगती फण्ड,सिद्धार्थ इन्भेष्टमेन्ट, नबिल डिबेन्चर लगायतका कम्पनी उच्च कमाउने कम्पनीमा परेका छन् ।