फाइल तस्वीर

काठमाडौं – एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस हुनुभएको छ । आगामी ४ मंसिरमा हुन गइरहेको सङ्घीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम–२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को ’क’ र ’ख’का लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।

यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतलाई भने क्षेत्र नम्बर–२ ’क’ र ’ख’का लागि नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ ।