काठमाडौं – नेपालमा थप ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनससङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ९ सय ९६ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा २ सय ११ जना र २ हजार ९ सय ५८ जनामा गरिएको एन्टिजेन परीक्षणमा २ सय ३३ जनामा गरी ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । सोही अवधिमा थप ३ सय ७ जना सङ्क्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार १ सय ९९ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।