काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सेयर बजारका सबै सूचक ओर्लिएका छन् । सेयर बजार नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले घटेर २०३९ अङ्कमा कायम भएको छ । आज कुल १ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ ।

उपसूचकहरू बैंकिङ ४, विकास बैंक ५७, फाइनान्स ३७, होटल तथा पर्यटन ४१, जलविद्युत् ३९, जीवन बीमा ५८, उत्पादन ७९, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा २१, अन्य ३३ र ब्यापार २० अङ्क घटेका छन् । १५ कम्पनीको मात्रै मूल्य बढ्यो भने १६८ को घट्दा ४ को स्थिर रह्यो ।

अपरहेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो । रुरुको ८ दशमलव ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमाल दोलखा, रिडी, नेस्डो, अरुणकाबेली र राधि विद्युत् क्रमशः अगाडि रहेका छन् ।