काठमाडौं – लोक सेवा आयोगले स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन १५ दिन भित्र गर्ने भएको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला गरेसँगै सोही बमोजिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने भएको हो ।

‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०७९–०५–०७ गते कर्मचारी समायोजन सम्बन्धी रिटहरूमा भएको अन्तिम फैसला एवं आदेश अनुसार यसअघि सम्मानित अदालतबाट विभिन्न मितिमा भएका आदेश बमोजिम स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका परीक्षा तथा नतिजा प्रकाशनसम्बन्धी कार्यहरू उक्त फैसलामा पदपूर्ति सम्बन्धी काम कारबाही अगाडी बढाउन मिल्ने गरी आदेश भएका विज्ञपन परीक्षा कार्यक्रम कम्तीमा १५ दिनको समय दिई यथा शीघ्र प्रकाशन गरिने ब्यहोरा जानकारी गराइन्छ ।’ सूचनामा उल्लेख गरिएको छ ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले संघीय निजामती सेवामा नै आउन पाउनुपर्ने माग गर्दै दायर गरेको ९८ रिटमा संवैधानिक इजलासले मङ्गलवार फैसला सुनाएको थियो । (राजधानी दैनिकबाट)