काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ८ सय ६ जनामा पीसीआर विधिबाट तथा २ हजार ३ सय ७१ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा ४ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ९५जना पुगेको छ ।

सोही अवधिमा १ सय ६४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हाल देशभर ४ हजार २ सय ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।