काठमाडौं – मुक्तिनाथ विकास बैंकले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ ल्याएको छ ।

यो योजना अन्तर्गत भदौभित्र बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरूले १ लाखसम्मको चिकित्सा सम्बन्धी बीमा, निःशुल्क भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ (पहिलो वर्षको लागि) र ट्र्यांक्लिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट (भदौ २०७९ महिनाका लागि ) पाउनेछन् ।

बैंकले यो योजनाले नारीहरुलाई फाइदा पुग्ने विश्वास लिएको छ ।