फाइल तस्वीर

काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा आज सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यस्तैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।