काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ४९ जनामा नमुना परीक्षण गर्दा ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय १७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् भन एक जनाको मृत्यु भएको छ । यो सँगै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ४ हजार २ सय २१ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा काठमाडौं उपत्यकामा २ सय ५१ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १ सय ९९ जना, भक्तपुरमा १३ जना र ललितपुरमा ३९ जना सङ्क्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या २ हजार ६ सय २८ जना पुगेको छ । हाल ४ हजार १ सय ४४ जना होम आइसोलेसनमा र १ सय ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये ५२ जना आईसीयू र तीनजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।