काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज सेयर बजार नेप्से परिसूचक १ दशमलव ८५ अङ्कले बढेको हो । गत साताको अन्तिम कारोबार पश्चात निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज १ दशमलव ८५ अङ्क बढेर २०५४ दशमलव ९८ मा उक्लिएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ० दशमलव ५८ अङ्क बढ्दा ३९७ दशमलव ६९ मा उक्लिएको छ । बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर २७ हजार २ सय २ पटकमा खरिद बिक्री भएको छ ।

बजार बढ्दा उप समूहतर्फ ६ कम्पनीको सेयर मूल्य बढेको छ । बैंकिङ, ट्रेडिङ,हाइड्रो,म्यानुफ्याक्चरिङ, लाइफ इन्स्योरेन्स तथा लगानी समूह आज हरियो देखिएका छन् । सामान्य अङ्कले बजार बढ्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको सेयर मूल्य घटेको छ । आज मङ्गलबार रुरू जलविद्युत परियोजना र मन्दाकिनी हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।