काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर तोलाको रु ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य पनि प्रतितोला तीन सय रुपैयाँले घटेर रु ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ५ रुपैयाँले घटेर रु १ हजार १ सय ६० रुपैयाँ तोकिएकोे महासङ्घले जनाएको छ ।