प्रतिकात्मक तस्वीर
काठमाडौं – प्रहरीले लागूऔषधसहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा विष्णुपुर गाउँपालिका–५ घर भएका २२ वर्षीय सरोज पासवान, २५ वर्षीय हिरा कुमार सदा र २२ वर्षीय लक्ष्मी कुमार सदा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नाईट्राभेट २ सय ५५ ट्याब्लेट बरामद गरेको छ ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ख ००३ नम्बरको बसलाई थानकोटमा जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।