काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ८१ पीसीआर परीक्षणमा ४ सय ५ जना र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणमा २ सय ५३ जना गरी ६ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । सोही अवधिमा ४ सय ५६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार २ सय ९६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।