काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर पूतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।