पत्रपत्रिकाबाट

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले घरायसी प्रयोगका राउटर आयातमा प्राधिकरणबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले राउटरसहितका इन्टरनेटसँग सम्बन्धित भौतिक उपकरणहरूको न्यूनतम गुणस्तर निर्धारण गर्दै पूर्वस्वीकृतिको व्यवस्था अनिवार्य गरेको हो ।

प्राधिकरणले ग्राहकसँग सम्बन्धित तथा घरायसी प्रयोजनका सञ्चार उपकरणहरुको पहिलोपटक जारी गरेको न्यूनतम मापदण्डमा यस्तो व्यवस्था गरिएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार इन्टरनेट सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन दूरसञ्चार ऐन, २०५३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था लागू गरिएको हो । (कारोबार दैनिकबाट)