ताइपेइ – ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँच वटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले हालै ताइवानको भ्रमण गरेपछि चीनले ताइवान वरिपरि सैन्य अभ्यास थालेको थियो। ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले फेरि मध्यरेखा पार गरेको हो ।

ताइवानलाई चीनले आफ्नो महत्त्वपूर्ण अंश मान्छ भने ताइवान आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ ।