काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार ३ हजार ४ सय २३ वटा नमुना परीक्षण गर्दा २ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ४ सय ७९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ४ हजार ३ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज काठमाडौंमा १ सय १६, भक्तपुरमा ८ र ललितपुरमा १२ जना सङ्क्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या २ हजार ८ सय ७७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशभर रहेका ४ हजार ३ सय ४८ जना सक्रिय सङ्क्रमितमध्ये ४ हजार १ सय ५५ जना होम आइसोलेसनमा र १ सय ९३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये ५१ जना अईसीयू र ५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।