काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७ दशमलव ७२ अङ्कले घटेको छ । नेप्से परिसूचक एकल अङ्कले घटेर २०६० दशमलव ५५ अङ्कमा आइपुगेको छ । यो नेप्सेमा आज आएको ० दशमलव ३७ प्रतिशतले घटेको हो ।

यसक्रममा आज २ अर्ब ४ करोड रुपैयाँ बराबरको ५३ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज ४ समुहमा सुधार आएको छ । बैंक, होटल र टुरिजम, निर्जीवन बीमा कम्पनी र उत्पादनमुलक समुहमा सुधार आएको हो । यीमध्ये होटल समूह २९ अङ्कले बढेको छ भने उत्पादनमुलक समूह २२ अङ्कले बढेको छ ।

यस्तै व्यापार समुह ४१ अङ्क घटेको छ । यस्तै जीवन बीमा समूह ३७ अङ्क, विकास बैंक समूह ३५ अङ्क र जलविद्युत समूह २८ अङ्कले घटेको छ । यस्तै, अन्य समूह २५ अङ्क घटेको छ । यसैगरी, आज वित्त, लघुवित्त, लगानी र म्युचुअल फन्ड समूह समेत घटेका छन् । मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै आज अप्पर हेवाखोलाकोसेयर मूल्य समेत ९ प्रतिशतभन्दा बढिले बढेको छ ।