एजेन्सी – बर्नमाउथलाई ३–० ले पराजित गर्दै शनिबार राति आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।

आर्सनललाई जितमान कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे। यस्तै, विलियम सालिबाले एक गोल थपे ।

जितसँगै ३ खेलबाट ९ अङ्क जोडेको आर्सनल शीर्ष स्थानमा छ। बर्नेमाउथ ३ अंक जोडेर १४ औँ स्थानमा छ । ७ अङ्क सहित टोटनहम दोस्रो स्थानमा छ ।