तस्वीर : बीबीसी

अङ्कारा– दक्षिणपूर्वी टर्कीमा भएको दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए।

दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ । त्यस्तै, मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । एजेन्सी