काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ३७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ सय ८० जनामा र एन्टिजेन विधिबाट १ सय १९ जनामा गरी २ सय ९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९ सय ९२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय ७७ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय २५ पुगेको मन्त्रालयले जनाएको छ ।