मुगु – मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर १९ वर्षीय अजबहादुर कुमाइको मृत्यु भएको हो । चट्याङ लागेर सोही ठाउँका शेरबहादुर बुढा घाइते भएका छन् ।

भेडा चराइरहेको बेला एक्कासि चट्याङ लागेर कुमाइको मृत्यु भएको छायाँनाथ रारा नगरपालिका–११ की वडाध्यक्ष कुञ्जुमा कुमाइले जानकारी दिनुभयो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगु ल्याइएको मुगुका प्रहरी प्रमुख डीएट्ठपी सुवास हमालले जानकारी दिनुभएको छ ।

त्यस्तै हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपगाउँको खानीखर्कमा चट्याङ लागेर ५० बाख्रा र दुई गाई मरेका छन् । चट्याङ लागेर छक्क कार्की र लुड्प्या महताराका ५० बाख्रा र दुई गाइ मरेका सर्केगाड गाउँपालिका– २ हुम्लाका वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिनुभयो ।

चट्याङ लागेर घाइते भएका गोठाला छक्क कार्कीको अवस्था अहिले सामान्य रहेको कार्कीले बताउनुभयो ।