न्युयोर्क – अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् । पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार शहरीकरण, डिजिटल व्यापार र भ्रष्टाचार विरोधी मापदण्डबारे उनीहरूको छलफल हुने जनाइएको छ । पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ ।

२१ औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान पहल पहिलो पटक जुनमा अनावरण गरिएको थियो । दुबै पक्ष वार्ताको जनादेशमा सहमतिमा पुगेका छन् । ‘हामी एउटा महत्वाकांक्षी तालिका पछ्याउने योजनामा छौँ, जसले २१औँ शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्दत गर्नेछ’ अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले एक विज्ञप्तिमा भने ।

“हामी एउटा महत्वाकांक्षी तालिका पछ्याउने योजनामा छौं । जसले २१ औं शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्दत गर्नेछ,“ संयुक्त राज्य अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले एक विज्ञप्तिमा भनिन् । सन् २०२० मा ताइवान र अमेरिकाबीच झन्डै १०६ अर्ब डलर बराबरको व्यापार भएको थियो।